Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कर्णालीमा नेपाल एयरलाइन्सले थप्यो उडान, दशैंमा समस्या नहुने


कर्णालीमा नेपाल एयरलाइन्सले थप्यो उडान, दशैंमा समस्या नहुने

काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा नेपाल वायुसेवा निगमको जहाज नेपाल एयरलाइन्सले उडान सङ्ख्या बिस्तार गरेको छ । नपालीहरुको महान् चाड वडा दसैँमा यात्रुहरू सहज रूपमा आफ्नो गन्तव्यमा पुर्‍याउनका लागि नेपाल एयरलाइन्सले उडान बिस्तार गरेको हो ।

नेपाल एयरलाइन्स हुम्लाका प्रमुख बलिराज हमालले आइतबारबाट सिमकोट विमानस्थलका लागि नेपाल एयरलाइन्सले हप्ताको चार वटा उडान सुरु गरेको बताए । यसअघि हुम्लाका लागि हप्तामा दुई उडान तालिका भए पनि त्यो नियमित  थिएन । उनले अब आइतबार, सोमवार, बिहीबार र शुक्रवार उडान हुने बताए ।

दसैँको अवसरमा मुगुमा मङ्गलवारदेखि शुक्रवारसम्म चार दिन नियमित उडान हुने नेपाल एयरलाइन्स क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मान बहादुर चौधरीले जानकारी दिए । मुगुको ताल्चाका लागि यसअघि पनि हप्तामा दुई उडान हुँदै आएका थिए । त्यसैसरि कर्णाली कै हिमाली जिल्ला डोल्पा र जुम्लामा पनि हप्तामा चार उडान हुने बताए । जुम्लामा यसअघि नेपाल एयरलाइन्सले हप्तामा एक उडान मात्र भर्दै आएको थियो ।

त्यसैसरि सुदूर पश्चिम प्रदेशको हिमाली जिल्ला बाजुराको कोल्टीका लागि पनि हप्ताको चार नेपाल एयरलाइन्सले भर्ने छ । यसका लागि नेपाल एयरलाइन्सको हवाई टिकट अनलाइन र सम्बन्धित कार्यालयमा पुगेर लिन सकिने क्षेत्रीय कार्यालय नेपालगन्जले गरेको छ ।

दुर्गमका जिल्लाहरूमा सडक यातायात भरपर्दो नहुँदा हवाई यातायात नै आवत जावतको प्रमुख विकल्पका रूपमा रहेको छ । कर्णाली र सुदूर पश्चिम प्रदेशका पाँच हिमाली जिल्लामा उडान भर्नका लागि नेपाल एयरलाइन्सले एउटा जहाज नेपालगन्जमा राखेको जनाएको छ ।