Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० उद्योगलाई अनुमति


भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० उद्योगलाई अनुमति

काठमाडौं । भारतबाट कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न १० उद्योगले अनुमति पाएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक सुचना जारी गर्दै भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम चिनी औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्न अनुमति दिएको हो ।

मन्त्रालयले आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमधये १० उद्योगले अनुमति पाएका छन् । यसरी अनुमति पाउने अधिकांश खाद्य उद्योग हुन् । मन्त्रालयका अनुसार ललितपुरको एग्रो थाइ फुड र सुनसरीका गुडलाइफ वेभरेज, एसियन बिस्कुट एन्ड कन्फेक्सनरी, क्वालिटी फुड नेपाल प्रालि, क्वालिटी फुड एन्ड स्न्याक्स इन्डस्ट्रिज प्रालि, क्वालिटी कन्फेक्सरी प्रालि र क्वालिटी डाइट एन्ड फुड प्रोडक्सन प्रालिले चिनी आयात गर्ने अनुमति पाएका हुन् । त्यस्तै विराटनगरको शिवम डेरी एन्ड फुड इन्ड्रस्ट्रिज प्रालि, झापाको केआरएस भेन्चर्स र पोखराको सुजल फुड्सले चिनी आयात गर्ने अनुमति पाएको मन्त्रालयले जनाएको छ । उद्योग विभागले यी उद्योगलाई यथाशीघ्र विभागमा सम्पर्क गर्न समेत भनेको छ ।