Monday, September 22, 2025

२०८२ आश्विन ६, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँचका लागि सरकार गम्भीर


गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँचका लागि सरकार गम्भीर

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले गुणस्तरीय बीउ बिजनमा कृषकहरूको पहुँचका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मन्त्री अधिकारीले यसका लागि सरकारी, निजी तथा सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।

नेपाल बीउ व्यवसायी सङ्घको २६ औँ साधरणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै मन्त्री अधिकारीले कृषि क्षेत्रको आधारस्तम्भ बीउ भएकाले समयमै गुणस्तरीय बीउ किसानलाई उपलब्ध गराउन व्यवसायीले ध्यान पुर्याउन आवश्यक रहेको उनको भनाई छ ।

मन्त्री अधिकारीले आम नागरिकको घर खेतसम्म बीउ पुग्ने र यसमा समस्या देखिँदा खाद्य सङ्कट समेत आउन सक्ने भएकाले बीउ बिजनमा काम गर्नेहरू थप बढी संवेदनशील हुन जरुरी रहेको उनको भनाई छ ।