काठमाडौं,फाइबर इन्टरनेट, आइपिटिभी र मल्टि–गिग इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले दसैँ र तिहारको अवसर पारेर इन्टरनेटका साथै विभिन्न वस्तुमा छुट योजना ल्याएको छ। कम्पनीले १२५ एमबिपिएसको इन्टरनेट सेवा तथा अल्टिमा र हिमस्टारका सामानमा छुट योजना ल्याएको हो ।योजना अनुसार कम्पनीले वार्षिक आठ हजार चार सय रुपैयाँमा १२५ एमबिपिएस इन्टरनेट उपलव्ध गराउने बताएको छ। साथै, अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५० प्रतिशतसम्मको छुट पनि उपलब्ध गराउने बताइएको छ।
जस अनुसार अल्टिमा वायरलेस इयरबड्स एक हजार दुई सय २५ रुपैयाँमा, हिमस्टारका ४३ इन्च स्मार्ट टिभी २७ हजार पाँच सय रुपैयाँ, ५५ इन्चको स्मार्ट टिभी ५४ हजार रुपैयाँ, रेफ्रिजेरेटर १७ हजार पाँच सय रुपैयाँ र वासिङमेसिन ४१ हजार दुई सय रुपैयाँसम्ममा उपलब्ध गराउने कम्पनीले बताएको छ।
चाडमा चौका’ चाडपर्व अभियानमा ग्राहकले अब प्रतिवर्ष भ्याटबाहेक आठ हजार चार सय रुपैयाँमा १२५ एमबिपिएस इन्टरनेट उपलबध गराउने कम्पनीले बताएको छ। यो योजनाअन्तर्गत नेपालमै सबैभन्दा सस्तो इन्टरनेट सेवा रहेको कम्पनीको दाबी । अभियान अवधिभर २०० एमबिपिएस र ३०० एमबिपिएस प्याकेजका लागि पनि छुट ल्याएको कम्पनीले उल्लेख गरेको छ ।वार्षिक इन्टरनेट योजनाहरू छनोट गर्ने ग्राहकले मात्र अल्टिमा र हिमस्टारका उत्पादनमा छुट पाउने कम्पनीको भनाइ छ । योजना ९ मंसिरसम्म लागू हुने बताइएको छ ।