काठमाडौँ । त्रिभुवन विमानस्थलमा बिहान सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा अहिले विमानस्थलमा उद्धार जारी छ । दुर्घटनापछि विमानस्थल केहि समयकालागि बन्द गरिएको छ । सौर्यको ९ एन—एएमई—सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको हो। प्रारम्भिक जानकारी अनुसार क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको छ । विमानमा सवार अन्यको अवस्थाबारे विवरण आउन बाँकी छ । बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको बताइएको छ ।
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा उद्दार जारी, यात्रुको अबस्था अझै सार्वजनिक भएन