काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल असंलग्न राष्ट्रहरुको आन्दोलन (नाम) को उन्नाइसौं सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा भाग लिन बिहीबार प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल युगाण्डाको कम्पाला आइपुगेको हो । प्रधानमन्त्री प्रचण्डले नामको सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यतालिका छ ।
सम्मेलनमा सहभागी हुनुअघि प्रधानमन्त्री प्रचण्डले युगाण्डामा रहेका नेपालीसँग भेट गर्ने छन् । भेटमा उनले आफ्नो युगाण्डा भ्रमण पहिलो रहेको बताउदैं यहाँ रहेका नेपालीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी भएको बताए ।