Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजार अनुगमनलाई कडाई र प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन


बजार अनुगमनलाई कडाई र प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारले बजार अनुगमनलाई कडाई  गर्ने भएको छ । लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सबै घरेलु तथा साना उद्योग कार्यालयलाइ परिपत्र गर्दै बजार अनुगमनलाई  कडाई  गरेर अनुचित कृयाकलाप नियमन गर्न निर्देशन दिएको हो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले चार्डवाडका समयमा उपभोक्ता माथी हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई  तिब्र पारिने जनकारी दिए । चाडपर्वका समयमा उपभोक्ता हरु बजारबाट ठगिदै आइरहेको गुनासा हरु आइरहन्छन्, चार्डवाडका बेला उपभोक्ता माथी हुने ठगी नियन्त्रणका लागि बजार अनुगमनलाई तिब्र पारिने छ,मन्त्री न्यौपानेले भने उपभोक्तालाई ठगी गर्ने हरुलाइ कार्वाहीको दायरामा ल्याइने छ ।

केहिदिन अघि मन्त्रालय मातहतको बजार नियमन तथा प्रतिष्पर्धा प्रवर्धन परिषद बैठकले समेत बजार अनुगमनलाई तिब्र पार्ने निर्णय गरेको थियो । मन्त्री न्यौपानेको अध्यक्षतामा बसेको बैठकको निर्णय अनुसार मन्त्रालय मातहतका प्रदेशका १२ वटै जिल्लाका घरेलु उद्योग कार्यालयहरुले जिल्लाका सरोकार वाला पक्षको समन्वयमा बजार अनुगमन गर्ने छन ।

बजार अनुगमनमा बजारमा देखिएका समस्या समाधान संगै उपभोक्ता हरुलाइ समेत ठगिन बाट जोगिने सचेत गराइने छ । उपभोग्य वस्तुको मूल्य, गुणस्तर , परिमाण तथा शुद्धताका बारेमा उपभोक्तालाइ सचेत समेत गराइने मन्त्री न्यौपानेले जानकारी दिए ।