Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गाउँ आएको बाटो’


बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘गाउँ आएको बाटो’

काठमाडौँ । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको १४ औँ संस्करणमा छनोट भएको छ । विश्व प्रसिद्ध टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८ औँ संस्करणमा छनोट भइ पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको उक्त चलचित्र नेपालमा प्रदर्शन हुनु अगावै बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छनोटमा परेको हो ।

नवीन सुब्बाले निर्देशन गरेको ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, भारतको मुम्बई चलचित्र महोत्सवलगायतमा प्रदर्शन भइसकेको छ । राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ ।

निर्देशक सुब्बाले चलचित्रमा पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकोडालो बनाएर जीविकोपार्जन गरिरहेका एक परिवारको गाउँमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उतारचढावलाई प्रस्तुत गरिएको जानकारी दिए ।

निर्देशक सुब्बाले निर्देशनको सुरुआत गरेको पहिलो चलचित्र ‘खाङ्ग्री’ पहिलो पटक अन्तर्राष्ट्रिय बजारमा पुगेको थियो । यसअघि उनीले निर्देशित ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोलगायत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भएका थिए ।

‘गाउँ आएको बाटो’ मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतले अभिनय गरेका छन्। महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङले तथा हेडी लीले सङ्गीत भरेका थिए । चलचित्रको नेपाल प्रदर्शन जेठ १८ गते तय गरिएको छ ।