Tuesday, June 03, 2025

२०८२ जेष्ठ २१, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नबिल बैंकले पुन ३८ नयाँ शाखा सञ्चालनमा ल्यायो


नबिल बैंकले पुन ३८ नयाँ शाखा  सञ्चालनमा ल्यायो

काठमाडौं नबिल बैंक लिमिटेडले एकैपटक ३८ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको ३८ वर्ष पार गरेको बैंकले आज केन्द्रीय स्तरमा एक विशेष कार्यक्रम गरी देशै भरका ३८ नयाँ शाखाको उद्घाटन गरेको हो । नबिल बैंक अब तपाईसँग अझै नजिक’ भन्ने नाराका साथ सरल र सबल बैंकिङ सेवा प्रदान गर्न सातै प्रदेशमा एकैपटक ३८ नयाँ शाखा विस्तार गरिएको बैंकले बताएको छ ।

३८ नयाँ शाखामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ वटा नयाँ शाखा सञ्चालनमा ल्याइएको छ । त्यस्तै कोशी प्रदेशमा एक, मधेश प्रदेशमा आठ, गण्डकी प्रदेशमा तीन, लुम्बिनी प्रदेशमा १०, कर्णाली प्रदेशमा १ सुदूरपश्चिम प्रदेशमा २ नयाँ शाखा सञ्चालनको लागि उद्घाटन गरिएको हो ।

बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले आठ वटा र बैंकका सञ्चालक निर्वाण चौधरीले आठ वटा शाखाहरू उद्घाटन गरेको बताएका छन् । त्यस्तैगरी, बैंकका सञ्चालक आशा राणा अधिकारीले थप आठ वटा र बैंक सञ्चालक अनन्त पौड्याल र प्रविन टिबडेवालाले थप ७,७ वटा शाखाको उद्घाटन गरेका हुन् ।

डिजिटल उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरू, बैंकका उच्च पदस्थ अधिकारीहरू र बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । ३८ नयाँ शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या २५५ पुगेको छ । विगत ३८ वर्षदेखि ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको नबिल बैंकको नयाँ शाखाका ग्राहकहरूलाई पूर्ण रूपमा अत्याधुनिक बैंकिङ सेवाहरू प्रदान गर्ने अपेक्षा गरेको बैंकको भनाइ छ ।