काठमाडौं । कर्णाली प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको छ । गत वैशाख १८ गते नेकपा (एमाले) नेता यामलाल कँडेल नेतृत्वमा कर्णाली सरकारमा माओवादी केन्द्रबाट सहभागी चार जना मन्त्रीले ७९ दिनपछि सोमबार राजीनामा दिएर हुन । माओवादी केन्द्रबाट कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी, सामाजिक विकास मन्त्री वीरबहादुर शाही, ऊर्जा विकास तथा जलस्रोत मन्त्री रणसिंह परियार र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावत सहभागी थिए । सोमबार संयुक्त पत्रकार सम्मेलन गरी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको घोषणा गरेका हुन ।
कर्णाली प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो