Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

डोनाल्ड ट्रम्पद्धारा जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण


डोनाल्ड ट्रम्पद्धारा जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण

काठमाडौं । संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार जर्जियाको फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त राज्यमा उनीविरुद्ध सन् २०२० को चुनावी हारलाई उल्टाउने प्रयास गरेको आरोपमा मुद्दा परेको थियो । पूर्वराष्ट्रपति ट्रम्पको औंठाछाप (फिंगरप्रिन्ट) गरी उनको मगसट (अनुहारको तस्बिर) लिइएको छ । उनको जमानत २ लाख डलर तय गरिएको छ ।

ट्रम्पले ठगी र झूटा बयानसहित १३ आरोप अस्वीकार गरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् । बुधबार उनका पूर्ववकिल रुडी जिउलियानी र अन्य सह–प्रतिवादीहरूले सोही मुद्दामा आत्मसमर्पण गरेका थिए । ट्रम्पको यो चौथो आपराधिक मुद्दा हो ।

उनी २०२४ मा फेरि चुनावमा भाग लिने तयारी गरिरहेका छन् । जर्जियामा ट्रम्पले सामना गर्ने अन्य तीन आपराधिक मुद्दाहरूको सुनुवाइ हुन लामो समय लाग्ने पूर्वसंघीय अभियोजक र एफबीआई सल्लाहकार जोसेफ मोरेनोको भनाइलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । ’यी कुनै पनि मुद्दाहरू चाँडै फैसला हुनेछैनन्‚’ मोरेनोले बीबीसीसँग भनेका छन् । जर्जिया मुद्दामा १९ प्रतिवादीहरू संलग्न छन् ।