एजेन्सी । अमेरिकी स्पोर्ट्स वेयर निर्माता कम्पनी नाइकीका हाकिमले कम्पनी छाड्ने भएका छन् । जोन डोनाहोएले अक्टोबर १३ मा सेवा निवृत्ति लिँदैछन् । अर्को वर्षको सुरुसम्म चाँहि उनी कम्पनीमा सल्लाहकारको भूमिका रहनेछन् ।
उनको बहिर्गमनसँगै कम्पनीका भेटरान एलियट हिलले उनको ठाउँ लिनेछन् । विश्व बजारमा प्रतिस्पर्धा चर्किएकै समयमा हिल कम्पनीमा फर्किन लागेका छन् । नाइकीको अनलाइन विक्री बढाउन डोनाहोएको ठुलो भूमिका मानिन्छ ।
अन्य पसल वा सपिङ सेन्टरहरूसँग सहकार्य नगरी कम्पनीको प्रत्यक्ष विक्री बढाएको श्रेय पनि यिनैलाई जान्छ । तर कोभिडको महामारीको समयमा खुद्रा बजार चपेटामा आउने यिनको कार्यकाल निकै चुनौतीपूर्ण रह्यो ।