Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

ओरियन्टल होटल्स लिमिटेडको साधारणसभा आगामि २५ गते


ओरियन्टल होटल्स लिमिटेडको साधारणसभा आगामि २५ गते

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। होटलले असोज २५ गते, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा २६ औँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा बिहान ११ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ५।२६३२ प्रतिशतले हुन आउने ५ करोड ९३ लाख ७३ हजार १८० रुपैयाँ ९३ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। साधारण सभा प्रयोजनार्थ होटलले असोज १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले होटलको साधारण सभामा सहभागिता जनाउन तथा होटलले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।