Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल–भारत व्यापारका व्यवधान हटाउँदै सहजीकरण गर्छाैंः राजदूत शङ्कर शर्मा


नेपाल–भारत व्यापारका व्यवधान हटाउँदै सहजीकरण गर्छाैंः राजदूत शङ्कर शर्मा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल–भारत व्यापारका व्यवधान हटाउँदै सहजीकरण गर्न भारतका लागि नवनियुक्त राजदूत शङ्कर शर्मासमक्ष आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले भारतका लागि नवनियुक्त राजदूत शङ्कर शर्मासँग भेटवार्ता गरी नेपाल भारत व्यापार सहजीकरण एवं नेपालमा लगानीका लागि नवनियुक्त राजदूत शर्मासमक्ष आग्रह गरेको हो ।

भेटमा चेम्बरका अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अङ्गीकार गरे पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको बताए । भारतबाट हुने आयातमा खासै समस्या नरहे पनि निर्यातका क्रममा भन्सारमा सहजीकरण हुन नसकेको अध्यक्ष अग्रवालको भनाइ छ । पर्यटन आकर्षण र लगानीमार्फत भारतसँगको व्यापार घाटा न्यूनीकरण गर्नसमेत नवनियुक्त राजदूत शर्मालाई चेम्बरले सुझाव दिएको छ ।

जवाफमा राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण र निर्यात सहजीकरण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले क्वारेन्टाइन ल्याब स्थापनाका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । नेपाल–भारतका निजी क्षेत्रबिच सहकार्य गराएर लगानी भित्र्याउनका लागि आफूले पहल गर्ने राजदूत शर्माको भनाइ छ ।