Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

संसदमा प्रतिपक्षीको अभिब्यक्तीले प्रधानमन्त्री दाहाललाई खपि नसक्नु, सीके राउतले भनेःधेरै नबोलौं एलिना चौहानको गीत ‘धोकवाज हौं तिमी’ बजाऊ


संसदमा प्रतिपक्षीको अभिब्यक्तीले प्रधानमन्त्री दाहाललाई खपि नसक्नु, सीके राउतले भनेःधेरै नबोलौं एलिना चौहानको गीत ‘धोकवाज हौं तिमी’ बजाऊ

काठमाडौं । नयाँ सत्तासमीकरण बनेसँगै आलोचित भएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुधबारको संसद बैठकमा खपिनसक्नु भयो । मुख्यगरि विश्वासको मतकालागि संसदमा उपस्थीति प्रधानमन्त्री दाहालका विषयमा सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुले भन्नुसम्म भने ।

कांग्रेस सहितको दलबाट गठबन्धन तोडि पुनःएमाले सहितको गठबन्धनमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री दाहाल विषयमा निकै अट्कलबाजी पनि भए । सरकारको समर्थनमा सत्ता गठबन्धनमा सामेल भएका एकिकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले नयाँ सत्तासमीकरणलाई रुचाएनन् ।

उनले भने, मलाई विश्वास लागेको थिएन । ‘म काम विशेषले जापानम थिए यहाँ सत्ता गठबन्धन फेरिएपछि यो शिलशिला कहिलेसम्म जारी रहने हो भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरे’ । उनले एउटै कार्यकालमा तीन पटक विश्वासको मत लिनुपर्ने नेपालकै पहिलो इतिहास भएको भन्दै अस्थिर राजनीतिले कहिकतै नपुर्याउने उनको भनाई थियो । पाण्डे जस्तै अन्य सत्ता घटक नेताहरुले पनि प्रधानमन्त्री दाहालको कदमलाई निको मानेका थिएनन् ।

कतिले उनलाई विश्वास गर्न नसक्ने तर्क गर्दा मत दिनुपर्ने बाध्यता पोखिरहेका थिए । उनलाई समर्थन गरेका अन्यदलहरुले पनि सत्ता स्वार्थमा भएको गठबन्धनलाई जनताले रिजल्ट दिने भन्दै व्यङग्यपनि गरे ।

उसो त प्रतिपक्षमा आएको कांग्रेसले प्रधानमन्त्रीको कदमलाई बैमानिको संघ्या दिएको छ । कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले आफ्नो धारणा राख्दै प्रधानमन्त्रीको यो चरित्रले धेरै माथि नपुर्याउने तर्क गरे । उनले हिजो एमाले सहितका दललाई धोका दिएको आज कांग्रेस सहितका दललाई धोका दिएको भन्दै तपाईबाट धोका पाएका एक ठाउँमा आए के गर्नु हुन्छ भन्दै प्रतिप्रश्न गरे ।

उनले गत मंसिरमा चुनावी गठबन्धन गर्दा देखि प्रदेश र केन्द्रको राजनीतिक समीकरणका विषयमा प्रधानमन्त्री दाहालको आलोचना गरे । शर्माले माओवादीबाट मारिएका व्यक्तीका परिवारलाई कांग्रेसले मतदान गर्न आह्वान गरेको स्मरण गराउदै ति मतदाताको प्रश्नको जवाफ छ भन्दै प्रश्न गरे ।

उनले अहिले सत्ता स्वार्थले भरिएको माओवादीलाई भोलीका दिनमा सहज नहुने उनको भनाई थियो । जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री दाहालका विषयमा धेरै नबोल्न बरु गायिका एलिना चौहानको गीत ‘धोकेवाज हौं तिमी’ बजाउन आग्रह गरे ।

उनले भने ‘धेरै नबोलौं बरु एलिना चौहानको गीत बजाऊ’ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सत्ता स्वार्थ र भ्रष्टाचारको जालोले नेपाली राजनीतिलाई खाई सकेको भन्दै गरिव र धनीबीचको कथा सुनाए उनले भने, ‘एउटा गरिब र धनी सँगै माछा मार्न गए,माछा धेरै मनेन्, केहि माछा धनीले गरिवलाई बेच्यो, माछा बेचेको पैसा माग्दा गरिबले आफुगरिब रहेको त्यसमा पनि माछाको पैसा माग्दा थप पीडा भएको सुनाउदै प्रधानमन्त्री दाहाललाई व्यङग्य गरे’ ।

प्रधानमन्त्री दाहाललाई सत्ता स्वार्थका कारण राजनीतिक समीकरण फेरेको भन्ने आरोपले सदनमा आज निकै बहश जन्माएको छ । उनले पछिल्लो समय सत्ताकालागि गरेको अनेकौं तिकडमले सांसदहरुले दुःख समेत व्यक्त गरेका थिए । संसदमा सत्ता पक्ष र प्रतिपक्षीको अभिव्यक्ती सुन्दा लाग्छ प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको आयू धेरै लामो छैन । उसो त संसदको रोस्टमबाटै पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसप्रति लक्षित गर्दै बसेर छलफल गरौं समेत भनिसकेका छन् ।