Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बेलायती प्रधानमन्त्री सुनक र मस्कबीच लाइभ संवाद


बेलायती प्रधानमन्त्री सुनक र मस्कबीच लाइभ संवाद

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनक र अमेरिकी अर्बपति इलन मस्कले बिहीबार साँझ लाइभ संवाद हुने भएको छ । बेलायत सरकारले बुधबारबाट सुरु गरेको दुई दिने आर्टिफिसियल इन्टेलिजेन्स सेफ्टी समिटु का अवसरमा सुनक र मस्कले सूचना प्रविधि क्षेत्रमा भइरहेका नविनतम विकासहरूबारे छलफल गर्नेछन् ।

समिटमा भाग लिन अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि युरोपेली आयोगकी प्रमुख उर्सुला भोन देर लाइनसहित कम्प्युटर वैज्ञानिक र प्रविधि क्षेत्रका प्रमुखहरू लन्डनस्थित ऐतिहासिक ब्लेच्ली पार्कमा भेला हुँदै छन् । सो पार्कलाई कम्प्युटिङ इतिहासको उद्गमस्थलका रूपमा लिइन्छ ।

दोस्रो विश्व युद्धमा नाजी जर्मनीका आन्तरिक गुप्त सन्देशहरू खुट्याउन निर्माण गरिएको ट्युरीङ बम्बेु मेसिनलाई आधुनिक कम्प्युटरको पूर्खा मानिन्छ, उक्त मेसिन सोही पार्कमा निर्माण भएको बताइन्छ । समिटलगत्तै मस्कसँग संवाद गर्ने विषयमा प्रधानमन्त्री सुनकले एक्स ट्वीटर मा पोस्ट गरेका छन् । बीबीसीकी प्रविधि सम्पादक जोइ क्लेइनम्यानका अनुसार मस्कसँग उनकै प्लाटफर्म एक्समार्फत लाइभ संवाद गर्ने निर्णय प्रधानमन्त्री सुनकका लागि सिंहको ओडारमा प्रवेश गरेसरहको जोखिम हुन सक्छ ।

आफूलाई पूर्ण वाक स्वतन्त्रताको पक्षधर मान्ने मस्कले बेलायतको नयाँ अनलाइन सेफ्टी ऐनबारे कस्तो प्रतिक्रिया दिन्छन् भन्नेमा धेरैको चासो छ । त्यस्तै, एआईको विकास हाललाई स्थगित गर्नुपर्ने भनाइ राख्दै आएका मस्क आफैँ भने नयाँ एआई कम्पनी दर्ता गरिरहेका छन् । यस्तोमा एआईको प्रगतिबारे उनका अभिव्यक्ति विवादास्पद हुनसक्ने आशंका गरिएको छ ।

गत हप्ता प्रधानमन्त्री सुनकले खराब नियतका मानिसहरूलाई जैविक वा रासायनिक हतियारहरू बनाउन एवं मिथ्या सूचना प्रवाहमा एआई असाध्यै सहयोगी हुनसक्ने खतरा रहेको बताएका    थिए । यद्यपि उनले एआईका अवसरहरू पनि रहेको औंल्याउँदै आगामी दिनमा समग्र अर्थतन्त्र, समाज र जीवनलाई सूचना प्रविधिभन्दा बढी अरू कुनै विषयले प्रभावित नगर्ने भनाइ राखेका  थिए ।

दुई दिने एआई समिटमा लस अफ कन्ट्रोल रिस्कु र मिसयुज रिस्कु विषयमा छलफल हुने भनिएको छ । मानवविरुद्ध एआई लागिपर्नसक्ने जोखिम र साइबर आक्रमण वा जोखिमपूर्ण प्रविधि निर्माणमा एआईले खराब प्रवृत्तिको जमातलाई सघाउने जोखिमबारे समिटमा संवाद हुनेछ । एआई प्रयोग गर्ने अपराधीहरूसँग सामना गर्ने विधि विकासमा यो समिट बेलायत सरकारका लागि महत्वपूर्ण हुने पनि अपेक्षा गरिएको छ ।