भरतपुर । नारायणगढ—मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भाँसिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो । सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गर्न सुरु गरिएको बताइएको छ ।
नारायणगढ—मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा