Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेपाल—भारतबीच आपसी सद्‌भाव अभिवृद्धि हुनेः परराष्ट्रमन्त्री राणा


नेपाल—भारतबीच आपसी सद्‌भाव अभिवृद्धि हुनेः परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा आफ्नो भारत भ्रमणले नेपाल—भारतबीच आपसी सद्‌भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने बताएका छन् । बिहीबार भारतको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएकी उनले विमानस्थलमा आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रवर्द्धन गर्न मार्गदर्शन गरेको बताइन् ।

साथै, उनले नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भारतका विदेशमन्त्री एस.जयशंकरसँगको भेटवार्तामा नेपाल–भारतको व्यापार तथा पारवहन, उर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पश्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकुद, सीमा पूर्वाधार लगायतको विषयमा छलफल गरेकी थिइन् । उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गरेकी थिइन् ।