Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदै


पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन  फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदै

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आन्तरिक रोजगार प्रवर्द्धन दशकको रणनीतिक कार्ययोजना बनाउन पाँचौ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने हुने भएको छ । सम्मेलन फागुन १६ र १७ गते काठमाडौंमा आयोजना हुँदैछ ।

सम्मेलनमा आन्तरिक र वैदेशिक रोजगारीका क्षेत्रमा देखा परेका चुनौतीहरुको विश्लेषण गरी आगामी नीतिगत र कानुनी परिमार्जनका लागि सुझाव लिने र श्रम तथा रोजगारयोग्य वातावरण सिर्जनाका लागि अन्तर–तहरअन्तर–निकाय समन्वय र सहकार्य स्थापना गर्ने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा आन्तरिक रोजगार प्रवर्द्धनका लागि उत्पादन र उत्पादकत्व प्रणालीमा रुपान्तरण र नेपालमा आप्रवासन प्रक्रिया र आप्रवासन सुशासनका आयाम, अनौपचारिक क्षेत्रको औपचारिकीकरण, आन्तरिक रोजगारी प्रवर्द्धनमा तीन तहका सरकार तथा निजी क्षेत्रको संलग्नता, औपचारिक तथा अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा र बीमाको विस्तार र वैदेशिक रोजगारीबाट प्राप्त ज्ञान, सीप तथा पुँजीको उत्पादनशील क्षेत्रमा उपयोग लगायतका विषयमा छलफल हुनेछ ।