Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कञ्चन मर्हजन नेतृत्वको दर्शन सहकारी पीडित संघर्ष समितिभित्र मत बाझिदै, अध्यक्षलाई पक्राउ गर्दैमा बचत फिर्ता नहुने तर्क


कञ्चन मर्हजन नेतृत्वको दर्शन सहकारी पीडित संघर्ष समितिभित्र मत बाझिदै, अध्यक्षलाई पक्राउ गर्दैमा बचत फिर्ता नहुने तर्क

काठमाडौं । दर्शन बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता कञ्चन महर्जन नेतृत्वको सहकारी पीडित संघर्ष समिति भित्र मत विभाजन सुरुभएको छ । पछिल्लो समय बचतफिर्ताका नाममा महर्जन नेतृत्व संघर्ष समितिले विभिन्न अराजक गतिविधी गरेको भन्दै केहि सदस्यहरुले त्यसको विरोध सुरुगरेका छन् । संघर्ष समितिले आज कीर्तिपुरको एक कृष्ण क्याटरिङमा आयोजना गरेको छलफलमा संघर्ष समितिकै सदस्यहरुले अराजक गतिविधी गर्न नहुने तर्क गरेका थिए ।

संघर्ष समितिका संयोजक कञ्चन महर्जनले बचत फिर्ताको माग गर्दै गत साउन १८ गते दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको कीर्तिपुर स्थीत घरमा आगजनीको प्रयास गरेका थिए, तोडफोडकालागि ढुंगा प्रहार गरेका थिए । सोहि विषयमा केहि बचतकर्ताहरुले त्यस्ता अराजक गतिविधीले बचत थप जोखिममा पर्ने भन्दै संघर्ष समितिको ध्यानाकर्षण गराएका थिए । एक सदस्यले भने, ‘अध्यक्षकै घरमा तोडफोड, आगजनी जस्तो घृणित कार्य नगरेको भए हुने’ । उनले भने, ‘संघर्ष समितिका संयोजकबाटै त्यस्तो घटना हुदा हामीलाई कतै बचत गुम्ने त होइन भन्ने चिन्ता बढेको छ’ ।

एक सदस्यले चिया खाँदै गर्दा भने, ‘खासमा यसरी बचत फिर्ता हुँदैन कानुनी प्रक्रिया आफ्नो ठाउमा छ, भोली दर्शनका अध्यक्ष प्रहरीमा पुगे भने बचत थप जोखिममा पर्छ । यसको जिम्मेवारी कस्ले लिन्छ ? यस विषयमा अहिलेको संघर्ष समितिले बुझ्नु पर्ने हो । उनको भनाईलाई आधार मान्ने हो भने, समुहमा बोल्न नसकेपनि आन्तरिक रुपमा समिति भित्र मनमुटाव सुरुभएको छ । कतै संघर्ष समितिको विरुद्धमा बोल्दा बचत फिर्ता हुँदैन कि भन्ने आशंका कतिले व्यक्त गरेका थिए । यसरी आपसमा मत विभाजन हुदा पछिल्लो समय संघर्ष समितिका विषयमा विभिन्न प्रश्नहरु उठि रहेका छन् ।

त्यस्तै, संघर्ष समितिमा मूख्य भूमिका निभाइ रहेका स्थानीय एमाले नेता केशरत्न बज्राचार्यले प्रदेश सहकारी महाशाखाबाट प्राप्त पत्रका विषयमा गम्भीर हुन आग्रह गरेका थिए । बचत फिर्ताकालागि सबै एक जुट भएर अघि बढ्नुपर्ने भन्दै प्रदेश कार्यालय हेटौडामा जाने विषयमा केन्द्रीत हुन आग्रह गरेका थिए । आफ्नो छोटो भनाइ राख्दै संघर्ष समितिका संयोजक कञ्चन महर्जनले दर्शन सहकारीका सञ्चालकलाई कानुनी कारबाहीमा ल्याएर बचत फिर्ता गराउने आश्वासन दिएका थिए । उनि केहिबेर मात्रै त्यहाँ बसेका थिए । नेतृत्व गर्ने व्यक्तीनै छलफलबाट पाखा लागेपछि एक सदस्यले भने, अहिले बचत जोखिममा पार्ने काम गर्नु हुँदैन । सञ्चालकलाई जेलमा राखेर पैसा आउदैन ।

प्रदेश महाशाखाले भदौं २ गते काटेको पत्र पीडित भनिएका सदस्यहरुलाई वितरण गरिएको थियो । सो पत्रमा यहि बुधबार दुबै पक्षलाई छलफलकालागि बोलाइएको उल्लेख छ । यता दर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले भने सो पत्र आफुहरुलाई प्राप्त नभएको बताए । आधिकारिक रुपमा पत्र कार्यालयमा आएको छैन र पदाधिकारीहरु जानकारी छैन् । तर, महाशाखाले पत्र पठाए आफु छलफलमा भाग लिने बताए । अध्यक्ष दर्शनधारीले भने, महाशाखाले पत्र पठाएको छैन्, छलफल गरे कञ्चन महर्जनको नेतृत्वमा बनेको संघर्ष समिति, गुनु तामाङ र अन्य अर्काे संघर्ष समिति सहित छलफल गर्नुपर्ने हुन्छ ।

तीनै वटा संघर्ष समितिका प्रतिनिधिलाई बोलाउनु पर्ने बताए । महाशाखाबाट फोन आए तीनै वटै संघर्ष समितिसँग छलफल गर्न तयार रहेको जानकारी दिने उनको भनाई छ । व्यक्तीगत स्वार्थ राखेका कुनै व्यक्ती वा समितिका नाममा छलफल गर्नु १३ हजार बढी सदस्यहरुको रकमलाई जोखिममा पार्नु हो । उनले केहि दिनअघिमात्रै संसदीय समितिमा छलफल गरेको उनले जानकारी दिए । उनले सहकारीले यसअघिनै कार्ययोजना सार्वजनिक गरेकाले सोहि विषय पुनःजानकारी गराउने बताए ।