काठमाडौँ । शुक्रबार र शनिबारको भारी वर्षाका कारण एकैसाथ देशभरि आएको बाढी, पहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या दुई सय पुगेको छ । नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो ।
त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । प्रहरीका अनुसार विपद्मा परेका ४ हजार दुई सय २२ जनाभन्दा बढीको उद्धार भएको छ । अहिले देशैभरि मौसममा क्रमिक सुधार हुँदै गइरहेको छ भने बाढी र डुबानमा फसेको जनजीवन समेत सामान्य बन्दैछ ।