Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा मृत्यु हुनेको संख्या २ सय पुग्यो


दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा मृत्यु हुनेको संख्या २ सय पुग्यो

काठमाडौँ । असिनासहितको मुसलधारे भीषण वर्षाका कारण मंगलबार दक्षिणपूर्वी स्पेनमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २ सय नाघेको छ । कैयौं बेपत्ता भएका छन् । स्थानीय अधिकारीले ज्यान गुमाउनेको संख्या अझै बढी हुन सक्ने बताएका छन् ।

गत मंगलबार भ्यालेन्सिया नजिकैको चिभा सहरमा वर्षभरिमा पर्ने पानी आठ घण्टामै परेको थियो। बाढीबाट सडक, रेल मार्ग र पुल भत्किएका छन् । कैयौं फराकिला क्षेत्र जलाम्य भएका छन् । सडकहरूमा बाढीले बगाएर ल्याएका सवारीसाधनको थुप्रो छन् ।

केही भिडियोमा बगिरहेका मानिसलाई रूखले जोगाएको देखिन्छ । भारी वर्षा र असिनाले देशका अधिकांश भूभाग प्रभावित भएको छ । उडानका साथै यातायात सेवा अवरुद्ध छ । स्थानीय सञ्चारमाध्यमले बेलेरिक टापुमा पनि व्यापक क्षति र मानिस हताहत भएको उल्लेख गरेका छन् । स्पेनका विभिन्न ठाउँमा शनिबार पनि पानी पर्ने सम्भावना रहेका त्यहाँका मौसमविद्हरूले जनाएका छन् ।