Friday, June 13, 2025

२०८२ जेष्ठ ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

सूर्यदर्शन सहकारी प्रकरणमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ


सूर्यदर्शन सहकारी प्रकरणमा नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

काठमाडौं। सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले तनहुँको बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो। उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडमा पनि शेयरधनी छन् ।

सीआईबीका एसपी होविन्द्र बोगटीका अनुसार, उनलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको हो । उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय , कास्कीमा पठाइएको बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुवै संस्थाका मुख्य सञ्चालक जीबी राई हुन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने समेत हिरासतमा छन् ।