Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कैलाश सिरोहियालाई पक्राउ गर्नुको ६ मुख्य आधारहरु सार्वजनिक

दोहोरो नागरिकता प्रकरण


कैलाश सिरोहियालाई पक्राउ गर्नुको ६ मुख्य आधारहरु सार्वजनिक

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले मंगलबार पक्राउ गरेपछि जनमानसमा विभाजित प्रतिक्रियाहरु उत्पन्न भइरहेका छन् । दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तर, सिरोहियासहित उनको समर्थकहरुको गृहमन्त्री रवि लामिछानेले उनीविरुद्ध समाचार लेखेको आरोपमा प्रतिशोध साँधेर पक्राउ गरेको आरोप छ। उनलाई प्रतिपक्ष दल नेपाली कांग्रेस बचाउमा उत्रिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा तथा विपक्ष दलका नेताहरु अहिले गृहमन्त्रीविरुद्ध खनिएका छन्।

नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । उनी निकट सञ्चार क्षेत्रका केही व्यक्तिहरुले प्रेस स्वतन्त्रताको विषयलाई लिएर आवाज पनि उठाईरहेका छन् । जबकी कि नागरिकताको विषय एउटा व्यक्तिगत मात्रको नभई राज्यकै संवेदनशील विषयअन्तर्गत पर्दछ ।

अनुसन्धान अधिकृत नवराज खड्काले जारी गरेको विज्ञप्तिमा सिरोहियाले जिल्ला प्रशासन कार्यालय धनुषाबाट ३९६९८८८६ नम्बरको नेपाली नागरिकता प्रमाण पत्र लिएको तर निजले नागरिकता लिनु पूर्व नै उक्त ३९६९८८८६ नम्बरको नागरिकता शिवजी साहु रोसीको नाउँमा जारी भएको देखिएको उल्लेख गरेका छन् ।

पत्रकार महासंघको उच्च नेतृत्व आज कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु प्रश्नयोग्य छ । तर, जिल्ला प्रहरी कार्यालय धनुषाले उनलाई पक्राउ गर्नुको ६ कारण र आधार दिएको छ।
जुन यसप्रकार रहेको छ ।