Tuesday, November 04, 2025

२०८२ कार्तिक १९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट योजना


सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट योजना

काठमाडौं,सोनामले यसपालिको चाड सोनामको साथ नामक छुट योजना सार्वजनिक गरेको छ। उक्त छुट योजना असोज ११ गतेदेखि २७ गतेसम्म कम्पनीका सबै आउटलेटमा लागू भएको कम्पनीकले बताए।यस छुट योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट गर्ने घोषणा गरेको छ।

यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले बताएको छ। सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्यागलगायत उत्पादन छन्।

उपत्यकामा ठमेलको क्वाबहाल, ठमेलकै छायाँ सेन्टर, ललितपुरको जावलाखेल कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिबुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, पोखराको लेकसाइड र न्यूरोड तथा बुटवल र सुर्खेतमा सोनामका सोरुम छन्।