काठमाडौं । नेपाल र चीनबीच राँगाको मासु निर्यात गर्ने सम्बन्धी प्रोटोकल सम्झौता भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले हालै प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उक्त सम्झौता भएको बताए ।
उनले नेपाल चीनबिच पशुजन्य उत्पादनको व्यापार सहजीकरणका लागि कोशेढुङ्गाको रुपमा रहेको तथा नेपाल र चीनबिच भएको सम्झौताले नेपाली किसानलाई रागाँ भैसीपालनका लागि थप प्रोत्साहित गरेको उल्लेख गरे ।
नेपालको हिमाल तथा पहाडी क्षेत्रमा जडिबुटी तथा औषधीजन्य वनस्पति खाएर हुर्केका पशुपन्छीको मासुको माग विदेशमा बढेको बताए । चीनमा राँगा एवम् भैँसीको मासु निर्यात सम्झौता गर्न आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मन्त्री अधिकारीले मासुको गुणस्तर सुनिश्चित गरी चीनमा माग भएबमोजिम मासु निर्यात गर्न सरकार तयार रहेको बताए । मासु उत्पादन हुने स्थानदेखि खपत हुने ठाउँसम्म गुणस्तरीय बनाइनुपर्नेमा उनको भनाई थियो ।