Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आईफोन १६, के-के छन् फिचर ?


आईफोन १६, के-के छन् फिचर ?

काठमाडौँ । आफ्नो वार्षिक कार्यक्रममा एप्पलले आइफोन १६ का विभिन्न मोडल, एप्पल वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडलसहित आफ्ना पछिल्ला उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधि ‘एप्पल इन्टेलिजेन्स’ ले आईफोन १६ सहितका नयाँ र केही पुराना उत्पादनमा कसरी काम गर्छ भन्ने झलकसमेत प्रस्तुत गरेको थियो ।

क्यालिफोर्नियास्थित एप्पल मुख्यालयमा सोमबार साँझ आयोजित ‘इट्स ग्लोटाइम’ नाम दिइएको कार्यक्रममा कम्पनीले आफ्ना एप्पल वाच र एयरपड्समा गरिएको सुधार र अपडेटबारे जानकारी गराएको थियो ।

विशेषतः श्रवणशक्ती कमजोर भएकाहरूलाई सहज हुने गरी र पहुँचयोग्य बनाउन एप्पलले सफ्टवेयर अपडेट गरेको घोषणा गरेको छ । एप्पल इन्टेलिजेन्स प्रविधि समाहित हुने पहिलो प्रोडक्टका रूपमा कम्पनीले आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको हो ।

आइफोन १६ मोडलहरूमा ए १८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३—नानोमिटर ट्रान्जिस्टर र नयाँ १६-कोर न्युरल इन्जिन राखिएको छ ।

यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने कम्पनीले जनाएको छ । आइफोन १६ मा ४८—मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ ।