काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिका—२ ऐनापहरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ । त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए छ । अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् ।
photo:ekantipur