Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रस्तावित प्रधान न्यायाधीश राउतको उजुरीकर्तासँग छलफल गर्ने


प्रस्तावित प्रधान न्यायाधीश राउतको उजुरीकर्तासँग छलफल गर्ने

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको उजुरीकर्तासँग छलफल गर्ने भएको छ । राउतविरुद्ध फैसलासँग सम्बन्धित सहित ६ वटा उजुरी परेका छन् । राउतविरुद्ध अधिकांश उजुरीकर्ताले नाम उल्लेख गरे पनि एउटा बेनामे छ । उजुरीमध्ये चार वटा मुद्दा फैसलासँग सम्बन्धित छन् ।

नेपाली सेनाको विवाद जोडिएका विषय, जग्गा विवादको मुद्दामा फैसला, चेतन ऐडी हत्या प्रकरणका अभियुक्तलाई तारेखमा रिहा गरेको विषय उजुरीमा समेटिएका छन् । सेनाको कोर्टमार्सलका घटनासँग सम्बन्धित आदेशका दुई उजुरी परेका छन् । बेनामे एक उजुरीमा भने राउतको नैतिक चरित्रमाथि प्रश्न उठाइएको छ । श्रीमतीको विवाद जोडेर नैतिकवान् नरहेकाले प्रधान न्यायाधीश नियुक्त गर्न नमिल्ने उल्लेख छ ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अवकाश पाउनुअघि नै राउतको सुनुवाइ सक्ने गरी समितिले कार्यतालिका अघि बढाएको हो । राउतको हकमा सुनुवाइलगत्तै निर्णयको तयारी छ । सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र निर्णय गरिसक्नुपर्ने व्यवस्थासमेत छ । आज उजुरीकर्ता सँग छलफल सकेपछि भोली बुधबार उनको सूनुवाई गर्ने समितिले जनाएको छ ।