काठमाडौं । पाकिस्तानको हबिब बैंक नेपालबाट बाहिरिन थालेको छ । आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा राखेर यो बैंक नेपालबाट बाहिरिन लागेको हो ।
हबिब बैंकले हिमालयन बैंकमा आफ्नो स्वामित्वमा रहेको २ करोड ८० लाख १२ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । प्रतिकित्ता ११२.८० रुपैयाँ मूल्य तोकेर बैंकले ३५ दिन भित्र आवेदन दिन मिल्ने गरि शेयर बिक्रीमा राखेको हो ।
यस शेयर हिमालयन बैंककै संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । इच्छुक शेयरधनीले काठमाडौंको कमलादीमा रहेको हेरिटज प्लाजामा आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।
तोकिएको समयमा बैंकको संस्थापक शेयरधनीहरुबाट शेयर बिक्री खरिदका लागि निवेदन प्राप्त नभएमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने भएको छ ।