कठमाडौं, भदौ ३ । नेपाल राष्ट्र बैंकले ६ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ। बोलकबोल प्रक्रियाबाट ९१ दिनको ४ अर्ब २३ करोड रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागिएको हो।
बैंक वित्तीय संस्थाका साथैं अन्य संस्थाले ट्रेजरी बिल खरिद गर्न ब्याजदर र आफूले खरिद गर्न चाहेको रकम इलेक्ट्रोनिक माध्यमबाट राष्ट्र बैंकमा प्रस्ताव पेश गर्नु पर्नेछ । राष्ट्र बैंकले सोमबार कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्नेछ ।