Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता

चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने


प्रधानमन्त्री र चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालको तीनदिने भ्रमणमा रहेका चिनियाँ उपविदेशमन्त्री सुन वेइतोङबीच भेटवार्ता भएको छ । सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षगाँठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरिएको उनको भनाइ छ ।

नेपालको आर्थिक–सामाजिक विकासमा चीनले निरन्तर सहयोग गर्ने उपविदेशमन्त्री सुनले प्रतिबद्धता व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुन उपविदेशमन्त्री सुन सोमबार नेपाल आएका हुन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा प्रधानमन्त्री र राजदूतबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको छ । उक्त अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक–सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाले जानकारी दिए । आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने उद्देश्य राखेको र त्यसलाई सफल तुल्याउन चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्री दाहालले बताएको सापकोटाको भनाइ छ ।