ठमाडौँ । बैकहरूले आउँदो कात्तिक महिनाका लागि पनि निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले बुधबार प्रकाशित गरेको कात्तिक महिनाको ब्याजदर सूचीअनुसार यही असोजको तुलनामा कात्तिकमा वाणिज्य बैंकहरूमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर ०.२४५ प्रतिशत विन्दुले घटेको हो । जसअनुसार यही असोजमा एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसत ६.३९६ प्रतिशत रहेको छ ।
कात्तिकका लागि यो ब्याजदर घटेर औसत ६.१५१ प्रतिशतमा कायम हुने भएको छ । सञ्चालनमा रहेको २० वटा वाणिज्य बैंकहरुमध्ये ११ वटाले असोजको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर सामान्य घटाएका छन् ।
आठ वटाले स्थिर नै राखेका छन् भने एउटा बैंकले सामान्य बढाएको छ । तर औसतमा असोजको तुलनाका कात्तिकमा निक्षेपको ब्याजदर घटेको हो । निक्षेपको ब्याजदर घटेसँगै लागत कम हुने भएका बैंकहरूको आधार दर पनि घटेको छ ।
आधार दर घटेपछि ऋणको ब्याजदर पनि घटेको छ । तर बैंकहरूमा अपेक्षित रट्ठपमा अझै कर्जा माग बढ्न सकेको छैन । उपभोग र सेयर कर्जा केही बढे पनि उद्योग, निर्माणलगायत क्षेत्रको कर्जा बढ्न नसकेको जानकारहरू बताउँछन् ।