काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सबैक्षेत्रमा आर्थिक समस्या भएपनि केहि क्षेत्रमा सुधार भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा उनले अन्य सबै क्षेत्रमा सिथिल भएको अवस्थामा पनि पर्यटनमा २१ प्रतिशत र जलविद्युत क्षेत्रमा १९ प्रतिशतको वृद्धि रहेको बताए ।
उनले सरकारले कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएको पनि बताए । आगामी वर्षको बजेटमार्फत कृषि उत्पादनलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिइएको बताएका हुन् । चालु आर्थिक वर्षमा कृषि उत्पादनहरुमा भ्याट लगाइएको भए पनि सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कृषिलाई संरक्षण गर्न भ्याट हटाएको उनले बताए ।
उनले नीतिले कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा योगदान पुग्ने बताए । धेरै तिरको छलफल, बहस र अन्तरक्रियापछि आर्थिक वर्ष २०८१–२०९१ लाई कृषि दशक घोषणा गरेको जानकारी गराउँदै उनले नीतिगत स्थायीत्वमा जोड दिए । नेपालले पर्यटन र जलविद्युत क्षेत्रमा विश्वसँग प्रतिस्पर्धा गरिरहेको भन्दै अर्थमन्त्री पुनले अब आइटी क्षेत्रमा पनि विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने बताए ।