काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । आज औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३७ औँ वार्षिकोत्सव समारोहमा उनले सरकार र निजी क्षेत्रबीच छलफल र सहकार्य गरेर नेपाली उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताए । उद्योगमा निजी क्षेत्रको लगानी बढाउन लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने बताउदैँ औद्योगिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
आयात प्रतिस्थापन गर्न निर्यात प्रवर्द्धनमा जोड दिनुपर्छःआपूर्तिमन्त्री भण्डारी