Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

हैजाको लक्षण देखिएका तीन जना टेकुमा भर्ना


हैजाको लक्षण देखिएका तीन जना टेकुमा भर्ना

काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु)मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् । अस्पतालका निर्देशक डा.युवानिधि बर्सौलाका अनुसार ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको थियो । ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो ।

त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो । गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो । शौचालय जाने निहुँ पारेर सोमबार २ बजे राति भ्यालबाट भागेका रहेछन् ।