काठमाडौं । बुटवलका रवि थापामाथि छुरा प्रहार गर्ने दुई जनाले आत्मसमर्पण गरेका छन् । गत जेठ २ गते बुटवल उपमहानगरपालिका—७ का ३६ वर्षीय रवि थापामाथि छुरा प्रहार भएको थियो। छुरा प्रहारबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा असार १८ गते मृत्यु भएको थियो । उक्त घटनामा संलग्न भई फरार रहेका दुई आरोपी बुटवलका किशोर कुँवर र कुस्मन कार्कीले आत्मसमर्पण गरेका हुन्। बुटवलको कालिकानगरस्थित एक रेष्टुरेन्टमा काम गरिरहेको बेला थापामाथि छुरा प्रहार भएको थियो। थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीका पूर्व सदस्य थिए।
बुटवलका रवि थापामाथि छुरा प्रहार गर्ने दुई जनाद्धारा आत्मसमर्पण