Sunday, August 03, 2025

२०८२ श्रावण १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मुक्तिनाथ कृषि कम्पनीद्वारा एकै साथ पाँच संरचनाको उद्घाटन


मुक्तिनाथ कृषि कम्पनीद्वारा एकै साथ पाँच संरचनाको उद्घाटन

काठमाडौं, भदौ १८। मुक्तिनाथ कृषि कम्पनीले सोमबार एकै साथ पाँच संरचनाको उद्घाटन गरेको छ। कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसालले यी पाँच संरचनाको उद्घाटन गरेका हुन्। कम्पनीले तयार गरेको पाँच वर्षे रणनीतिक योजना भिजन २०८५ अनुसार कृषक, उपभोक्ता, व्यवसायिक साझेदार तथा सेवाग्राहीहरु सेवा प्रदान गर्ने उद्देश्‍यले तयार गरिएको बताएको छ।

इटहरी, बर्दिवास, काठमान्डौ, बुटवल, सुर्खेत र धनगढीमा अवस्थित प्रादेशिक कार्यालयहरु, स्याङजा र चितवनमा अवस्थित फार्म उत्कृष्टता केन्द्र, कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसंग मुक्तिनाथ कल सेन्टर र आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एप संरचना सञ्चालनमा गरेको हो।

कार्यक्रममा मन्त्री भुषालले कृषि क्षेत्रको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउँदै कृषकहरुको उत्पादन र उत्पादकत्व वृद्धिका लागि सहयोग पुर्‍याउने बताएका छन्।