काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ सुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । केही वर्ष अघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी संवत् मनाउने गरिएको छ । विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यू इयर इभ’ मनाउनेको भिड थियो । मङ्गलबार बेलुकीदेखि नै काठमाडौंको ठमेल, बौद्ध, स्वयम्भू, नयाँ सडकलगायत क्षेत्रमा आन्तरिक तथा विदेशी पर्यटकको विशेष चहलपहल छ ।
अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी संवत् २०२५ मनाइँदै, पर्यटकीय क्षेत्रमा घुइँचो