Sunday, September 21, 2025

२०८२ आश्विन ५, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

खुलामञ्चमा ८० लाख लगानीको खेल मैदान बनाउँदै महानगर


खुलामञ्चमा ८० लाख लगानीको खेल मैदान बनाउँदै महानगर

काठमाडौं। काठमाडौं महानगरपालिकाले खुलामञ्चमा दुबो रोपेर हरियो बनाएको छ। खुलामञ्चलाई बहुउद्देश्यीय खेलकुद मैदान बनाउन महानगरले केही समयदेखि काम गरिरहेको हो।

महानगरका सहप्रवक्ता ध्रुव काफ्लेका अनुसार खुलामञ्चमा मैदान बनाउने काम भइरहेको छ।

उनकाअनुसार करिब ८० लाख रुपैयाँ लगानीमा खुलामञ्चमा बहुउद्देश्यीय खेलकुद मैदान बनाउने काम चलिरहेको छ। ‘खुलामञ्चमा दुइटा खेल मैदान रहनेछन्। तर ती मैदानमा कुनै पनि स्थायी संरचना भने रहँदैन,’ उनले भने।

यहाँ सुरक्षाका लागि नगर प्रहरी पनि खटाउने उनको भनाइ छ। केही सामान भए सुरक्षाका लागि खुलामञ्च प्रवेशद्वारमा ताला लगाइन्छ नभए खुला नै रहन्छ।

उनले खुलामञ्चमा राजनीतिक कार्यक्रम गर्न रोक पनि नलगाइने बताए । तर कुनै स्टलहरू राख्न परे महानगरसँग अनुमति लिनुपर्ने उनको भनाइ छ।

खुलामञ्चमा मैदान बनाउने काम आउँदो मंसिरभित्र सकिने उनले बताए।