Sunday, June 22, 2025

२०८२ असार ८, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

विद्युत् विधेयक छिट्टै संसद्‍मा पेस हुन्छःऊर्जा मन्त्री


विद्युत् विधेयक छिट्टै संसद्‍मा पेस हुन्छःऊर्जा मन्त्री

काठमाडौं, भदौ १५ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत् विधेयक छिट्टै संसद्‍मा पेस गर्ने बताएका छन् । मन्त्री बस्नेतले मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरिसकेको उल्लेख गर्दै सो विधेयक छिट्टै संसद्‍मा पेस हुने बताएका हुन् ।

ऊर्जा क्षेत्रको उत्पादन, पूर्वाधार विकास र निर्यात कार्यलाई थप व्यवस्थित बनाउनका लागि सरकारले उक्त विधेयक संसद्‍मा पेस गर्न लागेको मन्त्री बस्नेतको भनाइ थियो।

उक्त विधेयक चालु संसद् अधिवेशनबाटै पारित गराउन प्रयास गर्ने भन्दै त्यसले विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए । मन्त्री बस्नेतले सो विधेयकलाई चालु संसद् अधिवेशनबाटै पारित गराउने गरी सांसदहरूसँग औपचारिक अनौपचारिक ढंगले सरकारले छलफल गरिरहेको समेत बताए।

मन्त्री बस्नेतले सरकारले मुलुकको समृद्धि, विद्युत्को आन्तरिक खपत र वातावरणीय प्रदूषणलाई न्यूनीकरण गर्दै लैजान पनि विद्युतीय सवारी साधनहरुको प्रयोग गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएका स्पष्ट छ ।