Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती


किसानलाई कृषि प्रविधि सिकाउन नमुना खेती

बनियानी । झापामा आधुनिक कृषि प्रविधि प्रयोग गरेर चैते धानको नमुना खेती गरिएको छ । किसानलाई धानखेतीको आधुनिक प्रविधि सिकाएर लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा नमुना खेती गरिएको कृषि ज्ञानकेन्द्र झापाका निमित्त प्रमुख सागर विष्टले जानकारी दिए ।

गौरादह नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज गाउँपालिका र कमल गाउँपालिकामा ट्रेमा धानको बीउ उमारेर र धान मेसिनले रोपाइँ गरेर नमुना खेती गरिएको हो । २५ जना किसानको ७० बिघा जमिनमा ‘चैते धान–५’ जातको चैते धानको नमुना खेती गरिएको उनले बताए ।

 

मेसिनले रू चार हजार पाँच सयमा एक बिघा धान रोपाइँ गर्ने तर खेताला लगाएर रोपाइँ गर्दा रू नौ हजारभन्दा बढी खर्च हुने निमित्त प्रमुख विष्टले जानकारी दिए । बीउ उखेल्ने र रोपाइँ गरेर करिब रू १५ हजारदेखि रू २० हजार बचत हुने उनको भनाई छ । मेसिनले रोप्दा पाँचदेखि १० प्रतिशत उत्पादन वृद्धि हुने दाबी छ ।

उत्पादन भएको चैते धान न्यूनतम रू नौ सय प्रतिमन (४० केजी)का दरले खरिद गर्ने निश्चित भएको निमित्त प्रमुख सागर विष्टले जानकारी दिए । नमुना खेतीका लागि ज्ञान केन्द्रको रू १० लाख खर्च भएको छ । झापामा किसानले ‘ड्रम सिडर मेसिन’ प्रयोग गरेर छरुवा प्रविधिबाट चैते धान लगाएका छन् ।