काठमाडौं । बिहीबार घटेको सुनको भाउ शुक्रबार फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन तोलामा ७ सय रुपैयाँ बढेको हो ।
अघिल्लो दिन तोलामा १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३९ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँ घटेको छ ।