काठमाडौं, असोज ८ । चालू आर्थिक वर्षको एक महिनामा मात्रै आधा अर्ब भन्दा बढिको कुकरलाई खुवाईने आहार ‘डग च्यु’ निर्यात गरेको छ। चालू आर्थिक वर्षको दोस्रो महिना मा मात्रै नेपालले ५४ करोड ९८ लाख रुपैयाँको ‘डग च्यु’ अर्थात कुकुरको आहारा निर्यात गरेको हो । अघिल्लो महिना असारमा मात्रै नेपालबाट ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यु’ निर्यात भएको थियो । ‘डग च्यु’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पी हो । जसको प्रयोग पश्च्मिा मुलुकहरुमा कुकुर, बिरालोको आहारका रुपमा गरिन्छ । नेपालको अहिले यसको निर्यात बढ्दै गइरहेको छ ।
जहाँ गत आर्थिक वर्ष २०७९,०८० मा ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँको निर्यात भएको थियो । भने, अहिले दुई चालू आर्थिक वर्षमा झन बढ्दै गएको देखिन्छ । भदौमा मात्रै नेपालबाट २ लाख ७३ हजार ४९७ केजी ‘डग च्यु’ निर्यात भएको हो । जसवाफत नेपालले ५४ करोड ९८ लाख ८२ हजार रुपैयाँ भित्र्याएको छ ।एक महिनामा नेपालबाट सबैभन्दा बढि ४७ करोड ८९ लाख ३ हजार रुपैयाँको कुकुरले मन पराउने आहारा ‘डग च्यु’ निर्यात भएको छ।
त्यस्तै, नेपालले क्यानडालाई ४ करोड २० लाख ७६ हजार, युके ८२ लाख १० हजार, हङकङ ३५ लाख ८९ हजार, कोरीया ४५ लाख ७३ हजार, ताईवान ३७ लाख २१ हजार, चीन ३ लाख ६७ हजार, नेदरल्याण्ड्स २० लाख ८२ हजार, मलेसीया १२ लाख १३ हजार, सिंगापूर १३ लाख ३२ हजार, फिलिपिन्समा ११ लाख, दुबई ९ लाख ७३ हजार, जापान ९ लाख थाइल्याण्ड ४ लाख ४६ हजार, न्युजल्याण्ड १ लाख ६३ हजा, फ्रान्सलाई १ लाख ९५ हजार र इटालीलाई ४० हजार रुपैयाँको ‘डग च्यु’ छुर्पी निर्यात गरेको छ। डग च्यु’ नामक कुकुर, बिरोलोको आहाराका रुपमा प्रयोग गरीने छुर्पी नेपालका पाँचथर, इलाम, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा तथा पूर्वि पहाडी जिल्लाहरुमा उत्पादन गरिन्छ ।