Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको घर सहकारी बैंकले लिलाममा विक्री गर्न खोजेपछि बचतकर्ता आन्दोलित


इमेज सहकारीका अध्यक्ष देवकुमार नेपालीको घर सहकारी बैंकले लिलाममा विक्री गर्न खोजेपछि बचतकर्ता आन्दोलित

बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको स्वामित्वमा रहेको सदरमुकाम बागलुङ बजारको घर राष्ट्रिय सहकारी बैंकले लिलामी प्रक्रिया थालेपछि बचतकर्ता आन्दोलनमा उत्रिएका छन् ।

शनिवार उनीहरुले बैंकको प्रक्रिया रोकेर पीडितले लिने वातावरण बनाउन पहल गर्न माग गर्दै मालपोत, प्रशासन र सरोकारवाला निकायमा लिलामी प्रक्रिया रोक्न दबाव दिन थालेका हुन । बैंकले असार मसान्तमा सदरमुकामको घर १३ करोड २५ लाखमा लिलामी गर्न लागेपछि इमेज पीडित सरोकार समितिले विरोध गरेको हो ।

घर किन्नकालागि आएका ग्राहकलाईपनि उनीहरुले फर्काएका छन् । गत कात्तिक ३ गते र मंसिर ८ गते दुईपटक सार्वजनिक सूचना प्रकाशित गरेर राष्ट्रिय सहकारी बैंकले सदरमुकामको हल्लनचोकमा रहेको घर लिलामीको प्रक्रिया थालेको थियो । पीडितले आँफै घर किनेर बचतकर्ताको रकम दामासाही गर्ने अडान लिएका छन् ।