Thursday, June 19, 2025

२०८२ असार ५, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर कट्यो


क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर कट्यो

काठमाडौं । क्रिप्टोकरेन्सी बिटकोइनको मूल्य एक लाख डलर कटेको छ। १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार बुधबार पहिलो पटक एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको न्युयोर्क टाइम्सले जनाएको छ।

क्रिप्टोकरेन्सीहरूमध्ये सबैभन्दा महंगो बिटकोइन बनेको छ। नेपाली मूल्यअनुसार एउटा बिटकोइनको मूल्य एक करोड ३५ लाख बढी पर्ने भएको हो। अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि आफ्नो चुनावी अभियानको क्रममा आफू बिटकोइनमा रूची राख्ने मानिस रहेको बताएका थिए।

उनले बिटकोइनको मूल्य अझै बढाउने काम गर्ने बताएका थिए। यस्तै ट्रम्पले क्रिप्टोकरेन्सीको वकालत गर्ने पल एट्किन्सलाई युएस सेक्युरिटिस एन्ड एक्सचेन्ज कमिसन (एससिई)मा मनोनयन गरेका थिए। त्यसैले पनि बिटकोइनको मूल्य बढेको हुनसक्ने आँकलन गरिएको छ। नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रतिबन्ध लगाइएको छ।