Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे उपसभामुखको स्पष्टीकरण


अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे उपसभामुखको स्पष्टीकरण

काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासमा पठाएको विवादित पत्रबारे स्पष्टीकरण दिदै आफूविरुद्ध नियोजित कदम चालिएको दावी गरेकी छन् । उनले आफूले करूणाभावले उक्त पत्र लेखेको तर, पत्र लेखेको डेढवर्षपछि विवादित बनाउन खोजिनुको पछि नियोजित कदम रहेको उल्लेख गरेकी छन् ।

मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेड वर्षपछि विवादित गराउन खोज्नु म विरुद्ध नियोजित कदम रहेको देखिन्छ । मलाई नजिकबाट चिन्नेहरु मेरो स्वभावसँग जानकारै हुनुहुन्छ । मेरा स्वभावगत कमजोरी धेरै होलान्, त्यसबाट फाइदा उठाउने पनि धेरै होलान् तर अनैतिक कार्य मबाट भएको छैन, हुने छैन उपसभामुख रानाले भनेकी छन्,आम जीवनबाट राजनीतिमा आइपुग्दा मैले दशकौ लगाएर आर्जन गरेको प्रतिष्ठा र सेवामा समर्पित सार्वजनिक जीवन माथि लाञ्छना लगाउने कुत्सित प्रयासबाट कत्ति पनि विचलित नभइ म नेपाल र नेपालीको सेवामा निरन्तर लागिरहेको जानकारी गराउन चाहन्छु, विज्ञप्तीमा भनिएको छ ।