Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सेयर बजारमा गिरावट


सेयर बजारमा गिरावट

काठमाडौं, भदौ १८ । सेयर बजारमा कुल ७९ करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको थियो । नेप्से परिसूचक भने अघिल्लो दिनको तुलनामा ६.४५ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से १९६१ अंकमा कायम भएको छ। कुल ७१ कम्पनीको मूल्य बढ्दा १५१ को घट्यो भने ७ को स्थिर रहृयो ।

जसमध्ये बैंकिङ २.९, विकास बैंक ४, फाइनान्स १२, होटल तथा पर्यटन ४३, जलविद्युत् १३, जीवन बीमा ६८, माइक्रोफाइनान्स ७, निर्जीवन बीमा ५८, अन्य उपसमूह ३ अंक घटे । ब्यापार १३ र उत्पादन उपसमूह १९ अंक बढे ।नेरुडे लघुवित्तको मूल्य ९.८ प्रतिशत बढ्यो भने लिबर्टी इनर्जीको करिब १० प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालय एभरेस्ट इन्स्योरेन्स संस्थापक, साल्ट ट्रेडिङ, आईएमई लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट र एभरेस्ट बैंक क्रमशः अगाडि रहेका छन् ।