काठमाडौं । ललितपुर महानगरपालिको व्यस्त बजार कुमारीपाटीबाटै श्रृखलाबद्ध दुई वटा मोटरसाइकल चोरी भएका छन् । बा ८१ प ७२४४ नम्बरको अपाचे २०० सिसि रातो रंगको मोटरसाइकल कुमारीपाटीको एलभिडी शोरुमको पार्किङबाटै चोरी भएको हो ।
चोरले मास्टर ‘कि’ प्रयोगगरि मोटरसाइकल चोरी गरेको सिसिटिभी फुटेजमा देख्न सकिन्छ । बुधबार दिउसो ३ः२४ बजे सो स्थानबाट मोटरसाइकल चोरी भएको हो । चोरले केहि समय अघि सोहि बाटो भएर अर्काे मोटरसाइकल लैजादै गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।
एलभिडी शोरुमबाट जिल्ला प्रशासन कार्यालय जानेबाटो कै आडमा रहेको अर्काे गल्लीमा मोटरसाइलक राखेको जस्तो सिसिटिभी फुटेजमा देखिन्छ । चोरले पालैपालो दुई वटा मोटरसाइकल नजिकै पार्किङ गरेको हुन सक्ने फुटेजमा देखिएको छ ।
यस विषयमा काठमाडौं ट्राफिक प्रहरी, जाउलाखेल प्रहरी र मातहतका निकायमा खबर गरिसकिएको मोटरसाइकल धनिले बताएका छन् । चकित पार्ने विषय त के छ भने, ‘चोरले पटक—पटक सोहि बाटो भएर मोटरसाइलक चोरी गरेको सिसिटिभीमा देखिन्छ’ । ‘अपाचे २०० सिसी मोटरसाइकल चोर्नुअघि उसले सोहि बाटो भएर अर्काे मोटरसाइकल लिएर जान्छ’ ।
‘जादैगर्दा उसको आँखा अपाची २०० सिसिमा पर्छ’ । ‘नजिकैको गल्लीमा पुगेर फेरी फर्किन्छ, अपाची २०० सीसीमा मास्टर ‘कि’ प्रयोगगरि सजिलै लैजान्छ’ । ‘त्यसमा पनि हेलमेटनै नलगाएर व्यस्त बजारबाट मोटरसाइकल लैजादै गर्दा ट्राफिक प्रहरीले ध्यानदिन आवश्यक देखिन्छ’ ।
‘यसमा सम्बन्धीत निकायको ध्यानाकर्षण भए राम्रो हुने मोटरसाइकल धनीको भनाई छ’ । अर्काे प्रश्न टिभीएसको आरटिआर २०० सिसि अपाची सजिलै खोल्न सक्ने मास्टर ‘कि’ प्रयोग गर्ने चोर अनुभवि रहेको हुन सक्ने अनुमान गर्न सिकिन्छ ।
सोहि व्यक्तीले बा ८१ प ७२४४ नम्बरको मोटरसाइकल चोर्नु अघि अर्काे मोटरसाइकल लिदै गरेको दृष्य