Sunday, November 24, 2024

२०८१ मंसिर ९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पक्राउ परेका दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति


पक्राउ परेका दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । आइतबार दिउँसो भक्तपुरको आफ्नै घरबाट पक्राउ परेका प्रसाईंलाई साइबर ब्युरो हुँदै काठमाडौं जिल्ला अदालत लगिएको थियो ।

जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको हो । प्रसाईंविरुद्ध साइबर ब्युरोमा उजुरी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतका पीडित महिलाले प्रसाईंविरुद्ध ब्युरोमा जाहेरी दिएका थिए । सोही जाहेरीपछि अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो ।

विभिन्न व्यक्तिको चरित्रहत्या गर्ने, वेश्यावृत्ति गरेको आरोप लगाउने तथा आपत्तिजनक अभिव्यक्ति दिने लगायतका विषय उल्लेख गरेर प्रसाईंविरुद्ध जाहेरी परेको थियो ।

आइतबार साइबर ब्युरोबाट पक्राउ गर्न प्रहरी गए पनि प्रसाईंले एक घण्टासम्म पनि ढोका नखोलेर भित्रबाट अपशब्द प्रयोग गरिएपछि भर्याङ लगाएर घरको कम्पाउण्डमा प्रवेश गरेको थियो ।